अध्यक्ष ओलीको गृह प्रदेश भ्रमण : यस्ता छन् आजका कार्यक्रमहरु

काठमाडौं ! गृह जिल्ला झापको कार्यक्रममा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपाल जेसिजको नेपाल जेसिजको क्षेत्र क सम्मेलन उद्घाटन सम्बोधन गर्नुहुने जनाइएको छ । मोरङको सुन्दर हरैंचामा विहान ११ बजे आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले युवाहरुले देश निर्माणमा के कस्तो योगदान गर्न सक्छन् भन्ने विषयमा मन्तव्य दिनुहुनेछ ।

त्यसैगरी आजै अध्यक्ष ओलीले गौरीगञ्जमा आयोजना हुने पार्टी प्रवेश तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आजै विराटनगरमा आयोजना गरिएको अनेरास्ववियुको प्रदेश कमिटीको प्रशिक्षणलाई सम्बोधन गर्ने र भोली सुनसरीको दुहबीमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर विराटनगर हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओली हिजो बिहिबार गृहजिल्ला प्रस्थान गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *