आफ्नो पोल खुल्ने भएपछि गठबन्धनले निलम्बित प्रधानन्यायाधीशको बयान रोक्न सक्छ : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष तथा केपी शर्मा ओलीले गठबन्धनको दबाबले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्न सक्ने आशंका व्यक्त गर्नुभयो।

गृहजिल्ला झापाका विभिन्न कार्यक्रममा भाग हुन आज चन्द्रगढी विमानस्थलमा पुग्नु भएपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले अत्तालिएको गठबन्धनले उनीहरुको पोल खोलिने डरले राणाको बयान रोक्न सक्ने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धनले बयान रोक्न सक्छ, कहिले रोक्छ टुंगो छैन । उनीहरूको पोल खुल्ने भएपछि त्यसो गर्न सक्छन् ।’
हिजोमात्र समितिले निलम्बित प्रधानन्यायाधीश जबराको बयान लिन सुरु गरेको थियो। उक्त बयान दिने क्रममा राणाले गठबन्धनका नेताहरुको बेतिथि,आफुलाई निलम्बन गर्नका कारणहरु स्पष्ट बताउनु भएको थियो। राणाको बयानपछि गठबन्धनका नेताहरुको अझै पोल खुल्ने भयले गर्दा उक्त बयान रोक्न सक्ने अध्यक्ष ओलीको आशंका छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *