एमाले अध्यक्ष ओली भोलि गृहजिल्ला जानूहुँदै : ठूलो संख्यामा नेता कार्यकर्तालाई एमाले प्रवेश गराउनु हुँदै

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि बिहिवार गृह जिल्ला झापा जांदै हुनुहुन्छ । २ दिने कार्यक्रमका लागि उहाँ गृहजिल्ला झापा जान लाग्नु भएको हो । झण्डै २ साता अघि अध्यक्ष ओली ३ दिन झापा विभिन्न कार्यक्रमका लागि बस्नुभएको थियो ।

बिहिवार बेलुका झापा गएपछि उहाँले शिक्षक तथा बुद्धिजीवीहरु सँग भेटघाट गर्नुहुनेछ । नेकपा एमालेका क्षेत्रीय संयोजक तुलसी कार्कीका अनुसार त्यसै दिन पार्टीका नवप्रवेशीहरु सँग भेटघाट कार्यक्रम तय गरिएको छ । अध्यक्ष ओलीले भदौ १७ गते बिहान सुन्दर हरैचा माेरङमा नेपाल जेसीजको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसै गरि सोही दिन गौरीगञ्जमा पार्टी प्रवेश तथा सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । गौरीगञ्जमा ठूलो संख्यामा माओवादी र कांग्रेस त्यागेर एमाले प्रवेश गर्ने तयारी रहेको एमाले झापाका सचिव शिव ढुगेंलले जानकारी दिनुभयो । यस्तै त्यसै दिन बेलुका कमल गाउँपालिकाको पाडाजुँगीमा हुने युवा संघको कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष विभिन्न कार्यक्रम सकेर शनिबार काठमाण्डौँ फर्कनु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *