एमाले अध्यक्ष ओलीले दिनुभयो तीज र गौरा पर्वको शुभकामना (शुभकामना सन्देशसहित)

काठमाडौं ! पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले अघि सारेको विकास र समृद्धिको आन्दोलनमा सम्पूर्ण दिदीबहिनीको साथ रहने बताउनुभएको छ ।
तिज र सुदूरपश्चिमको गौरा पर्वका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सामाजिक परिवर्तन,सुशासन,स्वच्छता र पादर्शीताको यो अभियानमा जुट्न सम्पूर्ण दिदीबहिनीहरुलाई आग्रह पनि गर्नुभएको छ ।

अध्यक्ष ओलीले जारी गरेको सन्देशमा राष्ट्रको अभिभारा पुरा गर्नका लागि एमालेले स्पष्ट नीतिका साथ समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि सारेको उल्लेख गर्नुभएको छ । ‘समाजका सबै तप्काले सामाजिक न्याय,समानता र सुरक्षा हासिल गर्न नेकपा एमालेले निर्धारण गरेको यस गन्तव्यमा मुलुकलाई पुर्याउनु आवश्यक छ ’ अध्यक्ष ओलीको सन्देशमा भनिएको छ ‘त्यसका लागि एमाले स्पष्ट नीति,कार्यक्रम एवं कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना र आवसधिक लक्ष्य सहित अघि बढेको छ । ’
अध्यक्ष ओलीले तिज नेपाली महिलाहरुको पिडा अभिव्यक्त हुने माध्यमको रुपमा रहेको पनि उल्लेख गर्नुभएको छ । ‘साँस्कृतिक पर्व तीजले सहिष्णुता र पारिवारिक एक्तालाई अभिवृद्धि गर्दै सामाजिक विकृती अन्त्यका लागि एकतावद्ध भएर अघि बढ्न सम्पूर्ण महिलाहरुलाई प्रेरणा दिने छ भन्ने मेरो विश्वास पनि छ ।’                                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *