काठमाडौं ! नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली कैलाली र कंचनपुर जाने हुनुभएको छ। अध्यक्ष ओली आउँदो भदौ १५ गते कैलालीको धनगढी र कंचनपुरको महेन्द्रनगर जानूहुने जनाइएको छ।
नेकपा(एस),जसपा लगायत दलका सुदूरपश्चिम प्रदेशका विभिन्न नेता एवं प्रदेश सांसदहरु एमालेमा प्रवेश गर्ने भएकाले उहाँहरुको स्वागतका लागि अध्यक्ष ओली उक्त दुई जिल्लामा जान लाग्नुभएको हो। स्रोतका अनुसार काठमाडौंबाट अध्यक्ष ओली पहिला कंचनपुरको महेन्द्रनगरमा हुने पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनुहुनेछ। कंचनपुरको कार्यक्रम सकेर उहाँ धनगढीमा हुने अर्को बृहत् पार्टी प्रवेशमा विभिन्न पार्टीका नेता कार्यकर्तालाई स्वागत गरेर सोही दिन साँझ उहाँ काठमाडौं फर्किनु हुनेछ।