काठमाडौँ ! नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने आम निर्वाचनमा एमालेले एक्लै प्रतिस्पर्धा गर्ने गरी योजना निर्माण हुने बताउनु भएको छ । स्थायी कमिटीको आज मंगलबार ललितपुरस्थित पार्टी कार्यालयमा बसेको बैठकमा अध्यक्ष ओलीले नेपालमा एमालेबाहेक राजनीतिक दल वामपन्थी नभएको भन्दै एक्लै चुनावी प्रतिस्पर्धाको तयारी गर्ने प्रष्ट्याउनु भयो । उहाँले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरि तयारी गर्ने र सो अभियानमा सबैजना एकजुट हुन निर्देशन गर्नुभयो।
शुक्रबार र शनिबार हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न आज मंगलबार एमालेको स्थायी कमिटीको बैठक बसेको हो ।
बैठकपछि सञ्चारकर्मीलाई प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले केन्द्रीय कमिटीमा प्रस्तुत गरिने राजनीतिक प्रतिवदेनको खाका प्रस्तुत गरेको जानकारी गराउनु भयो । त्यसैगरी वैशाखमा भएको केन्द्रीय कमिटी बैठकपछि निर्णयहरुको अनुमोदन गरेको छ ।