काङ्ग्रेस नेता गिरीको निधनबाट मर्माहत भएको छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरीको निधनबाट मर्माहत भएको उल्लेख गर्नुभएको छ ।

उहाँले सामाजिक सन्जालमा लेख्नुहुन्छ, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।’

अध्यक्ष ओलीले  गिरीप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

घाँटीको क्यान्सरबाट पीडित गिरीको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *