गृहजिल्ला भ्रमणको तेस्रो दिन : अध्यक्ष ओली आज विभिन्न कार्यक्रममा सहभागी भै काठमाडौं फर्किनु हुँदै

काठमाडौं ! गृहजिल्लाको तीन दिने भ्रमणमा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली आज भ्रमणको तेस्रो दिन पार्टीका तीनवटा कार्यक्रममा सहभागी हुनुहुने जनाइएको छ ।

अध्यक्ष ओली आज विहान ११:०० बजे प्रोग्रेसिप इन्जिनियर एशोसिएसन नेपालको प्रदेश नं १ स्तरीय सम्मेलन विर्तामोडको सिटी सेन्टरमा उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यसैगरी दिउँसो १:०० बजे अनेम संघ झापाको जिल्ला अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्नुहुनेछ । उक्त कार्यक्रम हिमाल पार्टी प्यालेस विर्तामोडमा हुनेछ । दिउँसो २.३० बजे नेपाल उद्योग तथा व्यावसायी महासंघको जिल्ला भेलालाई सम्बोधन गर्नुहुने जनाइएको छ। यी तीन कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली आजै दिउँसो ३:३० बजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओली गत बुधबार गृहजिल्ला जानुभएको थियो। गृहजिल्लामा पार्टीका विभिन्न कार्यक्रममा सरिक हुनुका साथै विभिन्न पार्टीहरु परित्याग गरि एमालेमा प्रवेश गर्ने सयौं नेता कार्यकर्ताहरुलाई पनि एमालेमा स्वागत गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *