आजबाट तीन दिन एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा

काठमाडौं ! निर्वाचन नजिकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्लाको भ्रमण बाक्लिएको छ । साउनको दोस्रो साता चारदिन झापा बसेर फर्कनु भएका अध्यक्ष ओली आज फेरी तीनदिनका लागि झापा प्रस्थान गर्नुभएको छ ।

आज विहान अध्यक्ष ओली पूर्वी दक्षिण झापाको बनियानीमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ । एमाले प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य बसन्त बाँनियाका अनुसार झापा क्षेत्र नं ३ को बनियानीमा आयोजना हुने कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । २ गते अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र दमकमा आएर बस्नुहुनेछ । ३ गते अध्यक्ष ओलीले क्षेत्र नं ५ का विभिन्न समुदायहरुलाई अलग अलग भेटघाटको कार्यक्रम तय गरिएको छ । गत साउनको ११ देखि १४ गतेको झापा भ्रमणमा भेटघाटको समय नमिलेका विभिन्न संघ संस्था र समुदायलाई अलग-अलग भेटघाटको कार्यक्रम राखिएको छ । ३ गते नै गौरादहमा पनि विभिन्न क्षेत्र र वर्गका व्यक्ति र समुहसँग अध्यक्ष ओलीले अन्तरक्रिया गर्नुहुनेछ । उक्त दिन पनि दमकमै बास बस्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
भदौ ४ गते विर्तामोडमा आयोजना गरिएको अखिल नेपाल महिला संघ झापाको जिल्ला अधिवेशनको उद्घाटन र इन्जिनियरिङ एशोसिएसनको कार्यक्रमलाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौ फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *