गठबन्धन देशद्रोही हो, विचार र गन्तव्य नै छैन : अध्यक्ष ओली

काठमाडौं ! नेकपा अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई देशद्रोहीको संज्ञा दिनुभएको छ।

आज बुधबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनको औचित्य नै नरहेको प्रस्ट्याउनुभयो।

उहाँले गठबन्धनका सबै दलका नेताहरुको उद्देश्य जहान-परिवारको वरिपरि मात्रै घुमेको बताए। उहाँले भन्नुभयो,’ कांग्रेसले अब के गर्ने भन्दा गठबन्धन। नीति के छ गठबन्धन। कार्यक्रम के छ गठबन्धन। पुग्ने कहाँ हो गठबन्धन।गठबन्धन गरेर के गर्ने हो, गठबन्धन।’

उहाँले भन्नुभयो, ‘यो देशद्रोही गठबन्धन हो । नेपाली जनतालाई ढाँट्छ । कांग्रेस लुलो भयो । कांग्रेस अब एक्लै उभिन सक्दैन । कांग्रेस त ५/ ७ वटा साथी नलिइकन अघि बढ्नै सक्दैन । कांग्रेसको विचार शून्य छ । कहाँ जाने थाहा छैन । कोसँग मिलेर के गर्ने थाह छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *