सत्ता गठबन्धनको एक्लाएक्लै निर्वाचनमा लड्ने हिम्मत छैन : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको ठोकुवा गर्नुभएको छ।

काठमाडौंमा आयोजित लोकतान्त्रिक शेर्पा संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरु गठबन्धनमा पुगेकोपनि उल्लेख गर्नुभयो।

‘आफ्नो आफ्नो चुनाव लडेर सरकार बनाउने बेला गठबन्धन गरे भइहाल्थ्यो’, अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यसो गर्दा एमालेले बहुमत ल्याइहाल्छ भनेर यो सबै गठबन्धन-सठबन्धन बनिरहेको छ,गठबन्धनवालाहरु एक्लै प्रतिष्पर्धा गर्ने आँट गरिरहेका छैनन्। ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *