विचरा ! माधव नेपालको जिन्दगी छटपटीमै बित्ने भयो : अध्यक्ष ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालको जिन्दगी छटपटीमै बित्ने बताउनु भएको छ।

काठमाडौंमा आज शुक्रबार आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष रहेका नेपालको कुनै गन्तब्य नरहेको ठोकुवा गर्नुभयो।

‘विचरा माधव नेपालको त नाउँ नलिऊँ होला तिनको जिन्दगी त छटपटीमै बित्छ, गन्तब्य-सन्तब्य केही छैन विचराको!’-उहाँले भन्नुभयो।

उहाँले गठबन्धनमा आवद्ध दलको गन्तब्य केही नरहेको पनि बताउनु भयो।
‘मोहनविक्रमको प्यूठान, शेरबहादुरजीको म्याडम साइबा, प्रचण्डको सुपुत्रीबाहेक यिनको गन्तब्य–सन्तब्य केही छैन’ -उहाँले भन्नुभयो।

उहाँले एमालेलाई पाँच वर्ष प्रतिपक्षमा बस्न कुनै गाह्रो नभएको पनि बताउनु भयो। ‘हामीलाई पाँच वर्ष प्रतिपक्षमा बस्न गाह्रो होइन, तर एमालेले हार्दा देश हार्छ, अध्यक्ष ओलीले भन्नुभयो, त्यसैले जित्नैपर्ने दायित्व छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *