केही संचारमाध्यमहरु लाई अध्यक्ष ओलीको गम्भीर प्रश्न : गठबन्धन सरकारले यत्रो अपराध गर्दासम्म किन चुप बसेका?

काठमाण्डौ – पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमहरुको नियत माथि गम्भीर प्रश्न उठाउनु भएको छ। मंगलबार सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमहरूले ठूलो अपराध गर्दासम्म पनि खबरदारी नगरेको भन्दै प्रश्न उठाउनु भएको छ ।

प्रश्न गर्दै ओलीले भन्नुभयो,  “सञ्चारमाध्यमले खबरदारी गरेन भने सरकार लापरवाह हुन्छ । अहिले सञ्चारमाध्यम चुप नै छ । किन चुप, सरकारसँग गुन लगाएर चुप लागेर बसेको हो ?”

देउवा सरकारले सदन छलेर दल फुटाउने अध्यादेश ल्याँउदा समेत सञ्चारमाध्यम चुप बसेको उहाँको गम्भीर आरोप छ । अध्यक्ष ओलीले भन्नुभयो, “मध्यरातमा संसद् अधिवेशन गरेर भोलिपल्ट बिहान अध्यादेश ल्याइयो । यसमा किन विरोध भएन ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *