एमाले अध्यक्ष ओलीले आज मिडियाका सम्पादकहरूसँग छलफल गर्नुहुँदै

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ । अपरान्ह ४:०० बजेपछी नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको जनाइएको छ ।

सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलोपटक सम्पादकसँग छलफल गर्न लाग्नुभएको हो। प्रधानमन्त्री छँदा पनि उहाँले बालुवाटारमा धेरै सम्पादकहरूसँग छलफल गर्नुभएको थियो ।

आजको सो छलफल वर्तमान रास्ट्रीय राजनीति,सत्ता गठबन्धनको शैली र पार्टिको आगामी विधान महाधिवेशन र मंसिरमा हुने महाधिवेशन केन्द्रित रहने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *