मातृका प्रसाद कोइरालाले गरेका कुकर्म इतिहासले कहिल्यै बिर्सन सक्दैनः अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका तत्कालिन नेता मातृका प्रसाद कोईरालाले नेपालको जलस्रोतमाथि विदेशीको अधिपत्य जमाउने कामको सुरु गरेको आरोप लगाउनु भएको छ।

आज मंगलबार कम्युनिस्ट नेता तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस देशद्रोही पार्टी भएको बताउनु भयो ।

मात्रिकाप्रसाद कोइरालाको नेतृत्वको सरकारले नै ०१० साल साउनमा भारतीय फौज झिकाएर सहिद भीमदत्त पन्तको हत्या गरेको पनि उहाँले प्रस्ट्याउनु भयो । कांग्रेस सरकारले नेपाली कम्युनिस्टमाथि ४ वर्षसम्म प्रतिबन्ध लगाएको भन्दै उहाँले आक्रोश ब्यक्त गर्नुभयो।

‘यस्ता कुकर्म कांग्रेसले सजिलै गर्छ। उनलाई लाज शरम नै छैन। कांग्रेसले विगतदेखि नै देशभक्तमाथि दमन गर्दै आएको हो’– उहाँले भन्नुभयो

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमा नरहेका कम्युनिस्ट पार्टीलाई एकतामा आउन आह्वान गर्नुभयो। उहाँले चुनावी तालमेल नभई पार्टी एकतामै आउन आह्वान गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *