६४ सालमा दमकमा चुनाव जित्ने माननीयज्यु कहाँ हुनुहुन्छ ? दमकलाई उहाले के दिनु भयो? : अध्यक्ष ओली

काठमाडौं ! २०६४ सालको संसदिय चुनावमा आफुलाई हराएर दमक तथा यस क्षेत्रका मतदाताले आफै महसुस गरेको नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।

त्यसबेला आफूलाई हराएर यहाँको जनताले गल्ती गरेको भन्दै त्योे प्रवृति दोहो¥याउनु बेठिक भएको बताउनुभएको छ ।

ओलीले २०६४ सालको निर्वाचनको दृष्टान्त दमकका नेता कार्यकर्तालाई सम्झाउनु भएको छ ।

‘गल्ती कहिले कहि हुन्छ तर पटक पटक दोहोरिनु हुदैन’ अध्यक्ष ओलीले दमकका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै भन्नुभयो

‘२०६४ सालमा पार्टीकै कतिपय साथीहरुले भोट अन्तै हालेर मलाइ हराउनु भयो । तर उहाँहरुले जिताएका मान्छे कहाँ छन् आज ?’
आफूलाई हराएको एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर यहाँका जनताले पछुतो मानेको अध्यक्ष ओलीको भनाइ छ

। ‘एक वर्ष नपुग्दै गल्ती गरिएछ,नकाम गरिएछ भन्दै उसलाई भोटहाल्नेहरु नै पछुताए’ अध्यक्ष ओलीले भन्नुभयो ‘०६४ मा यहाँबाट जितेका साँसद अहिले के गर्दैछन् ? यस क्षेत्रको विकास गरे कि देशलाई विश्वमा चिनाए कि ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *