झापाका पत्रकारहरुलाई एमाले अध्यक्ष ओलीको आग्रह : देश र जनताको पक्षमा निडर भएर कलम चलाउनु

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा निडर भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गनु भएको छ । आज दिउँसो झापाको विर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उहाँले देशमा असत्य, छलकपट र षडयन्त्र हावी हुँदै गएको दाबी गर्दै सत्यको पक्षमा लेख्न प्रेस जगतलाई आह्वान गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “बेथितिलाई रोक्न सत्यका पक्षधर कलमकर्मी निडर भएर मैदानमा उत्रिनुपर्छ ।” एमालेलाई एक्ल्याउने निषेधको राजनीति नेपालमा भइरहेको उहाँको आरोप थियो । उहाँले यो देश गठबन्धनको मात्र हो जस्तो भइरहेको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले सञ्चारकर्मीले देश, जनता र लोकतन्त्रप्रति बफादार भएर सत्य लेखिदिन आग्रह गर्नुभयो । पूर्वजले ज्यान दिएर जोगाएको देश र जनताको बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि पत्रकार जगत्ले संवेदनशील, सचेत र दृढ भएर कलम चलाउनुपर्ने उहाँको जोड थियो ।
“हाम्रा पुर्खाले ज्यान दिएर देश बचाए, हामी देशका लागि बोल्न पनि डराउँछौँ भने बेठीक हुन्छ । लोकतन्त्र हामीले जेलनेल खटेर ल्याएको प्रणाली हो”, उहाँले भन्नुभयो । अध्यक्ष ओली यस अघि बिर्तामोडको कार्यक्रममा सहभागी हुनुहुन्थ्यो। उहाँ आजै गृहजिल्ला जानू भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *