जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्यायो : अध्यक्ष ओली

काठमाडौं !  पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको बताउनु भएको छ।
आज बुधबार झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसअघि प्रचण्डले तीन वर्ष रोकेर राखेको उक्त विधेयक अहिले जस लिनका लागि नै गठबन्धन सरकारले ल्याएको बताउनु भयो।

पहिले समितिमा नागरिकता विधेयक रोकेको र अहिले समितिमा छलफल नै नगराई नयाँ विधेयक ल्याएर सरकारले जनतालाई समेत भ्रममा राखेको उहाँको ठोकुवा छ ।  गठबन्धनमा भएका पार्टीले पहिचानका नाममा राज्यलाई बिखण्डीत गर्ने प्रयास गरेको र गठबन्धन दलका क्रियाकलापकै कारण संघीयता समेत बदनाम भएको बताउनु भयो।

अध्यक्ष ओलीले एमालेको ध्यान मुलुकको विकास र सुशासनमा केन्द्रित रहेको पनि जिकिर गर्नुभयो। उहाँले आगामी निर्वाचनमा बहुमत ल्याएर देशको बागडोर एमालेले सम्हाल्ने र बाँकी रहेका समृद्धिका सपना पूरा गर्ने बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *