एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा : मतदातासँग अन्तरक्रिया गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ४ दिनका लागि गृहजिल्ला झापा प्रस्थान गर्नु भएको छ। उहाँले निर्वाचन क्षेत्रका मतदातासँग तीन दिनसम्म अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

आज बुधबार झापाको बिर्तामोडमा उहाँले एउटा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ। त्यसपछि १३ गते साँझसम्म उहाँले झापाका नेता, कार्यकर्ता र मतदाताहरुसँग एक्लाएक्लै तथा सामूहिक रुपमा भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *