एमाले अध्यक्ष ओली र लिउबीच आज भेटवार्ता

काठमाडौं ! चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ।
ओली निवास बालकोटमा भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। उहाँ अहिले ओली निवासमै दिवा भोजमा सरिक हुनुहुने जनाइएको छ ।
आइतबार काठमाडौं आइपुगेका लिउले त्यही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग भेट गर्नु भएको थियो। त्यस्तै उहाँले सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *