अपवित्र गठबन्धन हानिकारक छ, यसले देशमा हैजामात्र फैलाउँछ : अध्यक्ष ओली

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपवित्र गठबन्धन सरकारको औचित्य सकिएको भन्दै अब यसले देशमा हैजा मात्र फैलाउने बताउनु भयो । आज सोमबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले गठबन्धन सरकार मृत भैसकेको उल्लेख गर्नुभयो ।

‘गठबन्धनलाई बोकेर हिँड्नु उपयुक्त छैन । यो निष्प्राण र हानिकारक छ । डेथ भइसक्यो यसले हैजा फैलाउँछ, मृत भइसकेपछि सतीदेवीलाई शिवले काँधमा बोक्दा त बाँचिनन् भने यो गठबन्धन ? भ्रष्टाचारीको अङ्गहरू झरेर पीठ बन्ने वाला छैनन्’, अध्यक्ष ओलीले भन्नुभयो । उहाँले अझै यहि गठबन्धन रहिरहे देश श्रीलंकाकै हालतमा पुग्ने ठुकुवा गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *