देउवा र आरजुलाई ओलीको ठट्यौली प्रश्न : सरकार सरले चलाउनु हुन्छ कि म्याडमले?

काठमाडौं- पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रधानमन्त्री शेरबहादुर देउवाले चलाउँछन् कि आरजु राणाले भन्दै व्यङ्ग्य गर्नुभएको छ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज सोमबार सम्पादकसँग आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले देउवा र राणाको नाम नलिइकन साङ्केतिक रुपमा यस्तो व्यङ्ग्य गर्नुभएको हो।
‘सरकार सरले चलाउनु हुन्छ की मेडमले चलाउनुहुन्छ?दिदीले चलाउनु हुन्छ की भाइ, सालो कसले चलाउँछ म जान चाहन्न,’ उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीले चलाउनु हुन्छ की रियल पावर मै हुँ भन्नेले चलाउँछन् त्यसमा भनिरहन परेन।’

उहाँले देशमा वैदेशिक मुद्राको सञ्चिती नभएको भन्दै अहिले कुनै आयोजना सुरु गर्न सक्ने अवस्था समेत नरहेको स्पष्ट पार्नुभयो।
‘विश्वमै नभएको परमादेशको भोलि त एकवर्ष हुन्छ। प्रदेश चलाउन मन्त्रीकै गाडी देखाउने गरी मन्त्री बनाउनुपर्ने। विकास सरकारी कामकाजका लागि होइन जनताले राज्यबाट पाउने सेवा सुविधा उपलब्ध गराइदिनका लागि होइन,-उहाँले भन्नुभयो ‘गठबन्धन टिकाउन र कसैलाई मन्त्री बनाइदिनका लागि समूहका स्वार्थको परिपूर्तिका लागि भ्रष्टाचार त बेलगाम बढेको छ।’ अध्यक्ष ओली सरकारको बेतिथी विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *