जापानी पूर्वप्रधानमन्त्री आबेको निधनप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ ! पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत आबेको हत्याको भत्र्सना गर्नुभएको हो ।

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति म दुःखी छु । पूर्व प्रधानमन्त्रीको जघन्य हत्याको म घोर भर्त्सना गर्दछु,’ अध्यक्ष ओलीले थप लेख्नुभएको छ- ‘आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँ प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।’

जापानका पूर्व प्रधानमन्त्री आबेको आज निधन भएको हो । आज शुक्रबार विहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । गोली लागि गम्भिर घाइते भएका उनलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमामा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोषणा अस्पतालले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *