कांग्रेस हुती नभएको पार्टी हो : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस हुती नभएको पार्टी भएको आरोप लगाउनु भएको छ । आज शुक्रबार छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए उनलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्दै नसक्ने ठोकुवा गर्नुभयो ।

कांग्रेस त निरीह नै बोल्नै नसक्ने भयो । मन्त्रीले जे गरे पनि कांग्रेस त हेरेको हेर्‍यै । अध्यक्ष ओलीले भन्नुभयो,- ‘कांग्रेसको हुती नै छैन । दम नै छैन । यसपटक पनि मन्त्रीले आफैं राजीनामा दिएर हो । प्रधानमन्त्रीससँग मन्त्री निकाल्ने हुति छ ।’
माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत हुनु भएका अध्यक्ष ओलीले हतियार उठाउन परेको कारण अहिलेसम्म दिन नसकेको बताउनु भयो । ‘के का लागि हतियार उठाएको थियो । त्यसबेला देखि सोध्दै आएको छु । जवाफ दिन सकेको छैन । महान जनयुद्ध के पाएर छोडे त उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *