वर्तमान सरकारप्रति अध्यक्ष ओलीको कडा काउन्टर: यिनीहरुकाे छातीभित्र मुटु होइन, दर्शनढुंगा छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टी र सरकारको चर्को आलोचना गर्नुभएको छ ।

एमाले विशेष कमिटीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले  सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको टिप्पणी गर्नुभएको छ।
सरकारले प्रहरीलाई कानून उल्लंघन गर्ने संयन्त्रका रुपमा प्रयोग गरेको बताउँदै उहाँले भन्नुभयो – भन्छन नि हिलो छेप्पिएको सेतो । त्यस्तो मुटु छ ।’
यो, ‘प्रहरीलाई कस्तो अप्ठ्यारो परेको छ हेर्नुस् त, अह्राएपछि नजाउँ पनि भएन । यो गर, त्यहाँ गएर ताला लगा भनेको छ, होइन भने दुर्गममा सरुवा गरिदिन्छ ।’
आफूतिर नलाग्ने शिक्षकलाई दुर्गममा सुरुवा गर्न थालेको भन्दै उहाँले भन्नुभयो, ‘यिनीहरुको त मानवीय मन पनि छैन । यिनीहरुका छातीभित्र मुटु होइन ढुंगा रहेछ ढुंगा, त्यो पनि दर्शनढुंगा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *