वर्तमान सरकार सिस्नो जस्तो हो,यसले जता छोयो त्यतै पोल्छ : अध्यक्ष ओली

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “वर्तमान सरकार सिस्नो जस्तो हो´´ भनी बताउनु भएको छ।

काठमाडौंमा आयोजित नेकपा एमालेको उपत्यका प्रदेश विशेष कमिटिको वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आज सो कुरा बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो-“वर्तमान सरकार सिस्नो जस्तो हो,यसले जता छोयो त्यतै पोल्छ।किसानहरुका लागि धनीपुर्जा दिने आयोगलाई छोयो त्यतै पोल्यो,काम गरिरहेका राजदुतहरु लाई छोयो त्यतै पोल्यो,विकाश निर्माणका बजेट कटौती गर्यो त्यतै पोल्यो,कर्मचारीलाई छोयो त्यतै पोल्यो।यो सरकार त्यस्तो हो,जनताले सरकारबाट के अपेक्षा गर्ने?´´

अध्यक्ष ओलीले गठबन्धन सरकारको चर्को आलोचना गर्नुभएको छ।यो सरकारले जनतालाई निरासा बनाउने काम बाहेक अरु केही नगरेको पनि बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *