पार्टि फुटेको हैन,`केही कुहिएका पात झरेको हो’ : अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेर ‘केही कुहिएका पात झरेको’ बताउनुभएको छ । बर्दिया जिल्लामा आयोजित एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाल पक्षहरुलाई ‘कुहिएका पात’को संज्ञा दिँदै पार्टी फुटेको नभइ कुहिएका पात झरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,’पार्टी फुटेको होइन, केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् । अदालतले फैसला गर्‍यो भने उनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन ।’ उहाँले अनेक जालझेल गरेर जनादेशबाट होइन परमादेशबाट आफूहरुलाई प्रतिपक्षमा पठाइएको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *