एमाले अध्यक्ष ओलीले नेता कार्यकतासँग भेटघाट अब पार्टी कार्यालय च्यासलबाट गर्नुहुने

काठमाडौ! प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यालय च्यासलबाट गर्ने हुनु भएको छ ।

अध्यक्ष ओलीको सचिवालयले जनाए अनुसार अब उहाँलाई भेट्न चाहनेहरुले पार्टी केन्द्रीय कार्यालय च्यासलमा समन्वय गरेर समयको व्यवस्थापन गर्नुपर्ने छ । बालकोट निवासमा अध्याधिक भिड बढेपछि भेटघाटका लागि पार्टी केन्द्रीय कार्यलयमा व्यवस्थापन गरिएको हो ।
केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार अध्यक्ष ओली अपरान्हसम्म पार्टी केन्द्रीय कार्यलयमा बस्नुहुनेछ । बालकोट निजि निवासमा बिहानै देखि रातिसम्म नेता कार्यकर्ताको भिड लागेपछि भेटघाटको लागि पार्टी कार्यालयमा व्यवस्थापन गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *