जब एमाले अध्यक्ष ओलीले भक्तपुरमा मेसिनले धान रोप्नुभयो..

काठमाडौं । आज बुधबार असार १५ एवं  राष्ट्रिय धान दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी हुनुभएको छ ।

त्यहाँ उहाँले मेसिनमार्फत धान रोप्नु भएको छ । अध्यक्ष ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रोपाइँ महोत्सवमा पुग्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *