एसपिपी बारे प्रचण्डले जनतालाई ढाँटेर फट्याइँ गरिरहेका छन : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सैन्य सम्झौता राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा आफ्नो नाम जोडेकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले एसपीपीको अहिले सार्वजनिक भएको घातक ड्राफ्ट अहिलेको सरकारले बनाएको उहाँले बताउनु भयो।

मदन भण्डारी फाउण्डेसनले आज मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनका नेताहरूले राष्ट्रियताको विषयलाई तमासाको विषय बनाएको पनि बताउनु भयो ।

‘एसपीपी केपी ओलीको समयमा ल्याएको थियो भनेर एकजना नेताले भनिरहेका छन्, मैले रोकाएँ भनेर भनिरहेका छन् । योभन्दा बढ्ता ढाँट र फट्याइँ के हुन्छ ?,’ प्रचण्डप्रति अध्यक्ष ओलीले भन्नुभयो, ‘एसपीपीको ड्राफ्ट यसअघि कसैले पत्र लेखेको थिएन, यो घातक छ । जनताले आवाज उठाएपछि गठबन्धन पछि हटेको हो ।’

अध्यक्ष ओलीले एमसीसीको विरोध गरेका प्रचण्ड पछि लाचार भएर पारित गर्न राजी भएको बताउनु भयो । ‘एमसीसी शेरबहादुर देउवा र पुष्पकमल दाहालले सम्झौता गर्नुभयो, उहाँहरूले पास गर्नुभयो । बीचमा किन सडक भत्काउनु परेको थियो, किन प्रहरीसँग झडप गर्नुपरेको थियो ?,’ ओलीले भन्नुभयो, ‘सेप्टेम्बर २९ मा एमसीसीलाई पत्र लेख्ने, अर्कोतिर पास हुँदै हुन्न भनेर झुट बोलेर, दोहोरो भूमिका खेलेर लाचार भएर पास गर्नुभयो, जनतालाई धोका दिएर पास गर्नुभयो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *