एमालेका जिल्लास्तरीय अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्न अध्यक्ष ओली भोलि बर्दिया जादै

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि बर्दिया जानुहुने भएको छ।जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली बर्दिया जानुहुने भएको हो ।

माधव नेपाल सहित केही नेता पार्टिबाट बाहिरिएपछी पार्टिका नेता कार्यकर्ताहरु लाई सम्बोधन गर्न केही दिन अघिबाट अध्यक्ष ओली उपत्यका बाहिरपनि कार्यक्रमहरुमा जान थाल्नुभएको छ। झापाबाट आफ्नो उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुनु भएका ओली केहिदिन अघि बुटवलपनि पुग्नुभएको थियो,त्यसपछिको यो तेस्रो कार्यक्रम रहेको छ।

बर्दियामा आफ्नो पार्टी अध्यक्ष एवं जननायक आउने भएपछी सम्पुर्ण बर्दियाली जनता खुसिले स्वागत गर्न आतुर रहेको युवा संघका नेता राजु पहारीले सभ्यखबरलाई बताउनु भयो।उहाँ आउने सुनेपछी जनता र कार्यकर्ता सबै खुसी छन,उहाँलाई स्वागत गर्न आतुर जनता छन-पहारीले भन्नुभयो।

पार्टी बिभाजन हुदा बर्दियामा एमालेलाई खासै ठूलो असर नपरेको पनि देखिएको छ। भोलि दिउँसो १२ बजेबाट सुरु हुने उक्त कार्यक्रममा अध्यक्ष ओली लगायत केन्द्रिय नेता र स्थानिय नेताकोपनि बाक्लो उपस्तिथि रहने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *