एमालेले एसपीपी सम्झौता रोक्न नेतृत्व गरिरहेको छ : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी सम्झौता रोक्न आफ्नो पार्टीले नेतृत्व गरिरहेको बताउनु भएको छ । स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा जारी प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

अहिले मौका छोपेर वाह्य सेना उपस्थिति गराउने खालका सम्झौता गर्न खोजिएको उहाँले बताउनु भयो । ‘त्यसको सम्बन्धमा हाम्रो पार्टीले बोलिरहेको छ । हाम्रा जनसंगठन मैदानमा उत्रिराखेका छन् । हाम्रा सांसद संसदमा प्रश्न उठाइ राखेका छन् । यस्ता कुराहरूको विरोध गरिरहेका छन्,’ उहाँले भन्नुभयो ।

उहाँले निर्वाचित जनप्रतिनिधिहरुलाई इमानदार भएर जनताको सेवा गर्न निर्देशन दिनुभयो। एमालेको यो प्रशिक्षण एवं अभिमुखिकरण कार्यक्रम आज भोलि चल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *