एमाले अध्यक्ष ओलीले दिनुभयो १५ औं गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश

काठमाडौं !  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी लोकतान्त्रिक,परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पुरा गर्ने पार्टी भएको बताउनुभएको छ ।
गणतन्त्र दिवशका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासले केही समय अवरोध पु¥याए पनि थाती रहेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाइमा पु¥याउन सबै तह र तप्कासँग एमाले सधैं सँगै रहने ओलीको सन्देशमा उल्लेख छ ।
‘जननिर्वाचित संविधानसभाले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा आाधारित राजतन्त्रलाई अन्त्य गरेर जनताको सर्वाच्चताको प्रणालीमा रुपान्तरण गरेको थियो ’अध्यक्ष ओलीको सन्देशमा भनिएको छ ‘ यस दिनले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ताको स्रोत नेपाली जनतामा निहित हुने ऐतिहासिक उपलब्धी हासिल गरेको थियो ।’ यसै परितवर्नत पछि नेपालले संघ,प्रदेश र स्थानीय तहको अभ्यास गरिरहेको अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ ।                                                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *