देउवा सरकार म्यादी सरकार हो: अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार म्यादी भएको बताउनु भएको छ।
आज बिहीबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष ओलीले शेरबहादुर देउवाको सरकारलाई म्यादी सरकार भएको बताउनु भयो।

केही दिनअघि काठमाडौं आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जिया तिब्बती शरणार्थी शिविरमा पुगेको विषयका सन्दर्भमा अध्यक्ष ओलीले सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गर्नु भएको छ।
प्रहरी स्कर्टिङमा उपविदेशमन्त्री तिब्बती शरणार्थी शिविरमा पुगेको भन्दै यसले नेपालको एक चीन नीतिप्रति प्रतिवद्ध नरहेको देखिएको उहाँले स्पष्ट पार्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *