एमाले अध्यक्ष ओलीले आज संघिय संसदमा सम्बोधन गर्नु हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने संसद बैठकमा सम्बोधन गर्ने हुनुभएको छ । संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमसँगै समसामयिक विषयमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

संसद बैठक आज ११ बजेका लागि डाकिएको छ । उक्त बैठकमा अध्यक्ष ओलीले स्थानीय निर्वाचन,समसामयिक राजनीति र सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा आफ्नो राय राख्नु हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *