आफ्नै पार्टी भित्रको अन्तरघातले धेरै ठाउँ चुनाव हारियो : अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते भएको स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताउनु भएको छ।
आज बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको बताउनु भयो।

‘अरू पार्टीका कारण होइन ‍यसपटक एमालेमा अन्तरघात भयो। यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत्‌ रूपमा समीक्षा गरिनुपर्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एमालेकी एक सांसदले भन्नुभयो , ‘चार महानगरमा हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं। अन्तरघातका कारणले यस्तो भएको हो।’

पोखरा महानगर लगायतका देशका विभिन्न शहरमा आफ्नै पार्टी भित्रबाट अन्तरघात भएको अडियोहरु विभिन्न संचारमाध्यम बाट आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *