विकासका लागि नेकपा एमाले नै चाहिन्छ : अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले सरकारमा हुँदा विकास निर्माणका गतिविधि तीव्र गतिमा अगाडि बढेको दाबी गर्नुभएको छ ।

नेकपा एमाले रुपन्देहीले आज बुधवार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले विकासका कामहरू अगाडि बढाउन एमाले पार्टी नै चाहिने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देश बनाउन एमाले चाहिन्छ भन्ने कुरा सिद्धबाबाको सुरुङ मार्ग, भैरहवा एअरपोर्ट र लुम्बिनीलगायत विकासका पूर्वाधार हेरे पुग्छ ।’

उहाँले एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उहाँले अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गरेर पार्टीका काममा खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *