बैशाख ३० पछि गठबन्धनलाई सेतीमा सलल बगाउनु पर्छ : अध्यक्ष ओली

काठमाडौं ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई सेती नदीमा बगाइदिनुपर्ने बताउनु भएको छ।
नेकपा एमालेले पोखरामा आयोजना गरेको चुनावी सभालाई आज सोमबार सम्बोधन गर्दे अध्यक्ष ओलीले उक्त कुरा बताउनु भएको हो।

‘पाँच दलीय गठबन्धनलाई पराजित गरेर राष्ट्रनिर्माणको महाअभियानमा लाग्दैछौं,’ उहाँले भन्नुभयो, ‘टुडो भाँचिने मसी नभएको कलम जस्तो हो र, यस्ताका विरूद्ध एक जुट भएर सेतीमा सलल गरिदिनुपर्छ।’

अध्यक्ष ओलीले पोखरा महानगरमा एमालेका उम्मेदवार जिताउन आग्रह गर्दै विकासको जिम्मा पार्टीले लिने दाबी समेत गर्नुभयो। ‘उम्मेदवार जिताउने जिम्मा तपाईँको, विकासको जिम्मा एमालेको’ उहाँले भन्नुभयो, ‘यही सन्देश गाउँ गाउँमा टोल टोलमा यही भनेको छ एमालेको अध्यक्षले भनेर पुर्‍याइदिनुस्।’

अध्यक्ष ओलीले वैशाख ३० को चुनावमा एमालेले जित्ने र आगामी संसदीय र प्रदेश सभाको निर्वाचनमा एमालेको बहुमत आउने समेत दावी गर्नुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *