मतपेटिकालाई एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुन्न : अध्यक्ष ओली

काठमाडौँ ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धाँधली हुनसक्ने जिकिर गर्नुभएको छ । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन नहुने बताउनु भयो । एमाले शान्तिको पक्षमा रहेको र शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क समेत गर्न नहुने भन्दै कार्यकर्तालाई सचेत गराउनु भयो ।

उहाँले पाँच दलीय गठबन्धन भोटले जित्ने नभइ मतपत्र च्यात्ने, चपाउने र निल्ने रणनीतिमा रहेको जिकिर गर्नुभयो । सबै अस्त्र प्रयोग गर्ने, कब्जा गर्ने र आफ्ना मान्छेलाई मात्रै प्रवेश गराएर जसरी पनि जित्ने भनेर भाषण गरेको छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी शान्तिको पक्षमा छौँ । शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा छौँ । कसैले शान्ति सुव्यवस्थामा खलल पार्न खोज्छ भने बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन । उहाँले आफूले शास्त्रको कुरा गर्दा विपक्षीले उखान टुक्का भनेर नबुझेर टिप्पणी गर्ने गरेको पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *