पाँच दलिय गठबन्धन बनेपछि देश अस्तव्यस्त बन्यो : अध्यक्ष ओली

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धन बनेपछि देशमा अलच्छिन पसेको आरोप लगाउनु भएको छ ।
नेकपा एमाले रुपन्देहीले बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकार बनेपछि एमाले नेतृत्वको सरकारले अघि सारेका योजनामा वजेट कटौती गरेकोप्रति लक्षित गर्दै अध्यक्ष ओलीले गठबन्धनले देशको विकासलाई तहसनहस पारेको उल्लेख गर्नुभयो।

‘हामीले अघि सारेका योजना र कार्यक्रममा योमा पनि पैसा छैन, त्योमा पनि पैसा छैन भनेका छन्, एमालेले कहिल्यै पैसा छैन भनेन’, अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन आएपछि अलच्छिन पस्यो देशमा, यसलाई जनताले वैशाख ३० गतेको चुनावमा जरादेखि टक्टक्याएर फ्याक्ने छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *