प्रचण्डप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भन्नुभयो – बिरालो किन्नुपर्दैन, ठूलो कचौरामा दूधभात दिए पुग्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहने हो भने अहिलेको सत्ता गठबन्धन ढाल्न एक हप्ता पनि नलाग्ने बताउनु भएको छ। आफूले चाहदा एक हप्तामा ढलिछाड्ने उहाँको दाबी छ।

माओवादी केन्द्रलाई सजिलै कांग्रेसबाट एमालेतिर ल्याउन सकिने आशयका साथ उहाँले गठबन्धन ढाल्न सजिलो रहेको बताउनु भयो। ‘केही भन्नै परेन नि। बिरालो किन्नुपर्दैन भन्ने त तपाईंहरुलाई थाहा छैन। जसले ठूलो कचौरामा दूधभात दिन्छ, उसैकहाँ जान्छ। त्यसको कुनै सवालजवाफ छ?,’ उहाँले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *