एमाले अध्यक्ष ओली आज चुनावी सभालाई सम्बोधन गर्न भरतपुर जानूहुँदै : सभामा लाखौं जनता उपस्थित हुँदै

काठमाडौं ! आसन्न स्थानीय निकायको निर्वाचनको चुनावी सभाहरुमा सम्बोधन गर्न एमाले अध्यक्ष ओली देश दौडाहामा हुनुहुन्छ। यसै अनुरुप अध्यक्ष ओली आज चितवनको भरतपुर मा आयोजना हुने पार्टीको चुनावी सभालाई सम्बोधन गर्न भरतपुर जाँदै हुनुहुन्छ।

चितवन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र हो। यसपटक पनि काङ्ग्रेस माओवादी लगायतको गठबन्धनले भरतपुर महानगरको मेयरमा रेणु दाहाललाई उम्मेदवार बनाएको छ। यता एमालेबाट बिजय सुवेदी मेयरका उम्मेदवार हुनुहुन्छ भने काङ्ग्रेसबाट पनि मेयरमा बागी उम्मेदवार हुनुहुन्छ ।

दुई दिन अघिमात्र गठबन्धनका शिर्ष नेताले भरतपुरमा आफ्नो चुनावी भासण दिइसकेका छन् । सोही अनुरुप आज एमाले अध्यक्ष ओलीले पनि भरतपुरका जनतामाझ एमालेका उम्मेदवारहरुलाई भोट माग्नु हुने र गठबन्धनका नेताहरुलाई भरतपुर बाटै जवाफ फर्काउनु हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *