आरजुलाई अध्यक्ष ओलीको जवाफ : एमालेले पाँच जनालाई मलेसिया पठाउने होइन,पाँचौं लाखलाई स्वदेशमै रोजगारी दिन्छ

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले स्वदेशमै रोजगारी सिर्जना गर्ने बताउनु भएको छ।

एमालेले विराटनगर महानगरपालिकाले आज शनिबार आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले पाँच जनालाई मलेसिया पठाउने होइन पाँचौं लाखलाई देशभित्रै रोजगारी दिने बताउनु भएको छ।
कांग्रेस नेतृ आरजु राणा देउवाले कांग्रेसलाई भोट हाल्नेलाई फ्रि भिसामा मलेसिया पठाउने भनेर दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले एमालेले रोजगारीको अवसर मुलुकमै सिर्जना गर्ने बताउनु भयो। ‘हामी ४–५ जनालाई मलेसिया पठाउँदैनौं। लाखौंलाई मुलुकमै रोजगारीको अवसर सिर्जना गर्न चाहन्छौं,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेले सरकारको नेतृत्व गर्‍यो भने युवाहरुले बाहिर जानु पर्दैन। मुलुक युवाहरुलाई विदेश पठाउने कारखाना हैन।’
एमालेले पाँच जनालाई मलेसिया पठाउने आश्वासन नदिने र पाँचौं लाखलाई मुलुकमै रोजगारी दिने उहाँको स्पष्टोत्ती थियो।
शेरबहादुर देउवाले कांग्रेसलाई कमजोर बनाएको अध्यक्ष ओलीको तर्क छ। ‘उहाँ (देउवा) सडेको ढोडको लौरो टेकेर हिँड्नु भएको छ। त्यस्ताले के चढ्छन् सगरमाथा ? मुलुकलाई विकास गरेर सगरमाथाजत्तिकै उचाईमा पुर्याउनु छ,’ उहाँले भन्नुभयो, ‘गठबन्धनको त के कुरा गर्नु ? एमालेसँग डराएर एक्लाएक्लै चुनाव लड्ने हिम्मत पनि छैन। उल्टै एमालेलाई देख्दैनौं भनेर भन्छन्। त्यहाँभित्र एमालेसँग कसैले आँट गर्न सक्छ ? भनेर चर्चा हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *