सरकार बनाउने, बाँढीचुँडी खाने र नातागोता पार लगाउने गठबन्धनलाई चुनावबाट फाल्नुपर्छ : अध्यक्ष ओली

सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति मात्र रहेको बताउनु भएको छ । इटहरीमा आज आयोजित चुनावी सभामा एमाले उम्मेदवारको पक्षमा मत माग्दै अध्यक्ष ओलीले प्रचण्डले दुर्घटनाको धम्की दिएपनि अन्तिममा चिसै पानीले नुहाउने ठोकुवा गर्नुभयो ।
‘पुष्पकमल दाहालले दुर्घटनाको धाक धम्की नदिए हुन्छ । अन्तिममा उनले चिसै पानीले नुहाउने हो । देउवालाई धम्की दिन सक्नुहुन्छ । हिजो पनि धम्की दिनुभएछ क्यारे, प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बके झैं बक्नुभएछ देउवाजी,’ ओलीले भन्नुभयो ।

उहाँले गठबन्धन मुलुक लुटनका लागि मात्रै भएको ठोकुवा पनि गर्नुभयो । ओलीले भन्नुभयो, ‘यो गठबन्धनका काम त सरकार बनाउने, बाँढीचुँडी खाने, नातागोता पार लगाउने ।’ उहाँले गठबन्धनका नाममा छोरी, बुहारी, श्रीमतीलाई महिला कोटा दिलाउने गठबन्धनले अन्यत्र महिला उम्मेदवारबाट बन्चित गरेको भन्दै बैशाख ३० मा पराजय गरेर जवाफ दिनुपर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *