चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज इटहरी जानूहुँदै

काठमाडौं ! आसन्न चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहामा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली आज १ नम्बर प्रदेशको इटहरीमा जानू हुने भएको छ। एमाले सुनसरीको आयोजनामा इटहरीमा हुन लागेको चुनावी सभालाई सम्बोधन गर्न उहाँ इटहरी जान लाग्नु भएको हो।

इटहरी एमालेको गढ मानिन्छ। त्यहाँ यसपालि गठबन्धन र एमालेबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। पुर्वको हब मानिने इटहरी दुबैका लागि प्रतिस्ठाको बिसय बनेको छ। इटहरीमा एमालेका उम्मेदवारलाई जिताउन पार्टी एकढिक्का बनेको छ र गठबन्धनलाई यो एकता फलामको चिउरा जस्तै कठिन बनेको छ।

एमालेले यसपटक मेयरमा इटहरीका पुराना एवं जनतामा भिजेका नेता याम कुमार सुब्बालाई उम्मेदवारको रुपमा उठाएको छ। सुब्बा लामो समयदेखी एमालेमा आवद्ध अनि जनताका सुखदुखका सारथि हुनुहुन्छ । उहाँको उम्मेदवारीले त्यहाको एमाले एकढिक्का पनि बनेको छ। सबै नेताहरु उहाँलाई जिताउन अभियानमा जुटिसकेका छन् । इटहरीको उपमेयरमा भने एमालेले संगीता चौधरीलाई उम्मेदवार बनाएको छ,उहाँपनि इटहरीका जनतामाझ लोकप्रिय मानिनु हुन्छ। साथै आज धरानमा पनि चुनावी सभा हुँदैछ। अध्यक्ष ओली धरानको सभामापनि सम्बोधन गर्न जाँदै हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *