बालुवाटारमा रुवाबासी गरेपछि प्रचण्ड-माधवले भरतपुरमा बोल्न पाउने भए : अध्यक्ष ओली

कैलाली ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी सभामा बोल्न नपाएपछि प्रचण्ड र माधव नेपालको ‘रूवाबासी’ नै चल्न थालेको टिप्पणी गर्नुभएको छ।

कैलालीको बौनिया स्थित बर्दगोरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘हिजो बेलुकीदेखि प्रचण्ड माधवजीहरुको बालुवाटारमा रूवाबासी भएको’ बताउनु भयो।
कांग्रेसले सातै प्रदेशमा चुनावी सभा गरेको र त्यहाँ कतै बोल्न नपाएपछि प्रचण्ड र माधव नेपालको रूवाबासी सुरु भएको अध्यक्ष ओलीको टिप्पणी थियो।

`कांग्रेसले सात ठाउँमा सभा गर्ने, उहाँहरु विचरा पछाडि पछाडि लाग्ने। आफैं सभा गर्न नसक्ने, कांग्रेसले कुनै सभामा बोल्न नदिने,’ अध्यक्ष ओलीले सम्बोधनको क्रममा भन्नुभएको छ, ‘कांग्रेसले कतै बोल्न दिएको थिएन, हिजो पनि बोल्न दिएको थिएन। हिजो बेलुकीदेखि प्रचण्ड माधवजीहरुको बालुवाटारमा रूवाबासी भयो।’ अध्यक्ष ओलीले भन्नुभयो।’
प्रचण्डले रुँदै आफ्नो छोरीको उम्मेदवारी भएकाले बोल्न पाउनुपर्ने भएपछि आज भरतपुरमा आयोजित सभामा बोल्न दिइएको ओलीले बताउनु भयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *