झलनाथ खनाललाई टिकट दिएर गल्ती गरेछु : अध्यक्ष ओली

इलाम। एमाले अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाललाई गत निर्वाचनमा उम्मेद्वार बनाएर गल्ती गरेको बताउनु भयो । उहाँले अब यस्ता गल्ती नगर्ने बताउनु भयो । अबका निर्वाचनमा मतदाता पनि अलमलमा पर्न नहुने समेत उहाँले बताउनु भयो ।

इलामको माइ नगरपालिकामा कार्यकर्ता भेलालाई आज बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कार्यकर्ताले जिताएका व्यक्ति नै पार्टी सिध्याउन सक्रिय भएर लागेको अवगत गराउनु भयो । उहाँले पार्टी सिध्याएर बाटो विराएकाहरुबाट सचेत हुन आग्रह गर्दै भुलवस बाटो विराउनेहरुलाई पनि पार्टीमा फर्किन आग्रह गर्नुभएको छ ।

उहाँले एमाले सिध्यान लाग्नेहरु कांग्रेसको झम्के पुच्छर भएको आरोप लगाउनु भयो । ‘कांग्रेसको जिउमा झिँगा बस्नासाथ झम्के पुच्छर हल्लिने भएको छ’ अध्यक्ष ओलीले थप्नुभयो – बहुमतको लागि एकता गर्दा उल्टै पार्टी फुटाउन प्रयोग भए ।
एमाले सिध्याउन लाग्नेहरुको पछि कसैलाई पनि नलाग्न आग्रह गर्नुभयो । निर्वाचनमा सबै वर्ग, समूह र आम मतदाताको आशिर्वाद एमालेलाई भएकाले विजयी हासिल गर्न समस्या नहुने घोषणा गर्नुभयो । उहाँले प्राप्त उपलब्धीलाई गुमाउन गठबन्धन गरेको दावी गर्दै निर्वाचनपछि एमाले सरकार बन्ने र उपलब्धीको रक्षा गर्ने पनि बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *