एमाले अध्यक्ष ओली बैशाख २२ गते चुनावी सभालाई सम्बोधन गर्न कैलाली,कंचनपुर आउनु हुँदै

कैलाली ! नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  २२ गते सुदूरपश्चिमका जिल्लाहरु कैलाली र कंचनपुर आउँदै हुनुहुन्छ। स्थानीय तह निर्वाचनको चुनावी आम सभामा एमालेका उम्मेदवार जिताउन उहाँ आउन लाग्नु भएको हो।

२२ गते कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आम सभा हुने भएको हो । कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी आम सभा हुने भएको छ ।
कैलालीको बर्दगोरीया वा लम्की चुहा मध्ये एक स्थानमा पनि चुनावी आम सभाको तयारी भइरहेको छ । अध्यक्ष ओली आउने कार्यक्रमको लागि तयारी सुरु भएको एमाले कैलालीका एक नेताले जानकारी दिनुभयो ।

यता कैलाली कंचनपुरका एमाले उम्मेदवारहरुले घरदैलो मार्फत जनतामा आफुलाई मत मागिरहेका छन् । जनतामा पुगेका उम्मेदवारहरु जनताको अपार मायाले उत्साही देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *