एमाले अध्यक्ष ओली झापा जानूहुँदै : आजै ४ कार्यक्रमलाई सम्बोधन

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली (आज) मंगलवार गृह जिल्ला झापा जाँदै हुनुहुन्छ । चुनावी अभियान अन्तर्गत अध्यक्ष ओली झापा आउने तय भएको हो ।
नेकपा एमाले झापाका अनुसार आज चार स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भद्रपुरको ज्ञानुचोकमा ११ बजे, हल्दिवारी १ गोल्धापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे, र बिर्तामोडमा ४ः३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिनुभयो । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको संघारमा कार्यकर्तालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *