पाँचदलीय गठबन्धन लुतो हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई लुतोको संज्ञा दिनु भएको छ ।
एमालेको काठमाडौं महानगर कमिटीले आज बिहीबार राखेको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस र गठबन्धनको चर्को आलोचना गर्नुका साथै सत्ता गठबन्धन स्वार्थमा चुर्लुम्म डुबेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पाँचदलीय गठबन्धन अलिक समय आएको लुतो हो । ठूलो घाउ पनि होइन । तर कतिबेला यता खुचखुच गर्छ, कतिबेला उता खुचखुच गर्छ । केही समयका निम्ति पीडा हो ।’

उहाँले थप्नुभयो, यस पीडालाई हामीले निर्वाचनको माध्यमबाट पन्छाउनुपर्छ । लुतो पन्छाउने एउटा दिन हुन्छ नेपालमा । यसपल्ट चाहिं दुईवटा दिन हुने भो । एउटा वैशाख ३० गते, अर्को मंसिरतिर कहिले हो …।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *